शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रतिनिधिसभामा एमालेको अवरोध जारी, नाराबाजीकै बीच राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो


  • सोमबार, असोज ११ २०७८
7.3K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु गरेपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर नाराबाजी गरे ।

एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था स्मरण गराएका थिए । तर, एमाले विभाजनमा सभामुखको भूमिका रहेको आरोप लगाउँदै आएका एमाले सांसदहरुले भने नाराबाजी गरिरहे ।

नाराबाजीकै बीचमा सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको पत्र सुनाए । यस्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधयेक राष्ट्रिय सभाबाट पारित भएको आएको जानकारी गराए ।

सोमबारको कार्यसूची अनुसार बैठकले आफ्नो काम गरेसकेपछि करिम १० मिनेट चलेर बैठक सकियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते बस्ने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा