शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रचण्ड परिवर्तनका सूत्रधार हुन की पदलोलुप राजनीतिलाई बिगार्ने मतियार ?


  • सोमबार, असोज ११ २०७८
18.4K
SHARES

फाईल तस्बिर

पुष्पकमल दाहाल प्रचण्ड दश बर्से जनयुद्धका नेतृत्व कर्ता हुन । मओबादी युद्धको नेतृत्व गरेर शान्ति सम्झौता हुँदै अहिलेको अवस्था सम्म आइपुग्दा दुई दुई पटक प्रधानमन्त्री बनी सकेका नेता हुन ।

प्रचण्डको उतार चढाव धेरै छन । २४ बर्ष अगाडि २०५२ साल फाल्गुन १ गते देखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उदेश्य बोकेर जनयुद्ध शुरु गरेको माओवादी १० बर्ष जनयुद्ध र १४ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्था सम्म ल्याउने नेतृत्व कर्ता प्रचण्डनै हुन ।

जनयुद्धमाा विभिन्न उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष गरेर नेपालको माओवादी आन्दोलन लाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउदै लग्ने प्रचण्डनै हुन ।

२ वटा भरुवा बन्दुक बाट जनयुद्ध सुरु गरी ०६१-६२ सम्म आई पुग्दा राज्यको हेलिकप्टर खसाउने रणनीति बनाउने योजनाकार पनि प्रचण्ड नै थिए ।

तर युद्ध र त्यसपछिको शान्ति प्रक्रियामा आए पछि प्रचण्डले राजनीतिलाई गिजोलेको आरोप खेपेका छन् ।

हतियार बाट आएको शक्तिले परिवर्तन ल्याउने र जनताले सुख पाउने सपनामा तुसारापात भएको बताइन्छ । यती सम्मकी प्रचण्डले शान्ति प्रक्रियामा आयपछि पदलोलुप भएको आरोप समेत खेप्नु परेको छ ।

शान्तिपक्रीया हुँदै संसदीय अभ्यासमा छिरेका प्रचण्डको काँधमा जनयुद्धमा लाखौँ जनतालाई गरिएका प्रतिबद्धता, जनयुद्धका मुद्दा लाई वास्तविक जनताको तहसम्म जनताले अनुभूत गर्ने गरी काम गर्ने जिम्मेवारी थियो तर हिजो पहिलो दल बन्दा पनि प्रचण्डले पुरा गर्न सकेनन अहिले सत्ता गठबन्धनमै रहँदा पनि सकेका छैनन् । बरु राजनीतिक जोड घटाउमा तल्लीन छन् ।

समय क्रममा ओलीको नेतृत्वमा एमाले सँग एकता गर्न पुगेका प्रचण्ड फेरी छुटेर माओवादी केन्द्रको वर्तमान अध्यक्ष छन् । तर जनभावना अनुरूप काम गर्न नसकेको उनलाई आरोप छ ।

अहिलेको प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्षले त झन् प्रचण्ड पद र प्रतिष्ठाको भोको रहेको र पद नपाएकै झोकमा नेकपा फोडेर देशलाई भड्खालोमा हालेको टिप्पणी गरेका छन् ।

यसरी हेर्दा दश वर्ष युद्धको नेतृत्व गरेर जनताको पक्षमा काम गर्छु भन्ने प्रचण्ड स्वयम अहिले राजनीतिक जोड घटाउमा लागेको देखिन्छ । जोड घटाउमा लागेको परिणाम युद्धको नेतृत्व गर्दाका सहयात्री हरू पनि अहिले प्रचण्ड सँग छैनन् ।

एमाले सँग एकता गरेर झन्डै दुई तिहाँईको कम्युनिस्ट सरकार बनेको अवस्थामा प्रचण्डकै कारण कम्युनिस्ट सरकार ढलेको र प्रचण्डले जनपक्षमा काम गर्न पार्टी फुटाउने मतियार बनेकै कारण मुलुकको संवृद्धिको गति कम भएको एमाले अध्यक्ष ओलीको आरोपले पनि जनतामा कतै प्रचण्ड पद र प्रतिष्ठाकै लागी मात्र हिँडिरहेका छन् की भन्ने आशङ्का उब्जेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा