शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


  • सोमबार, असोज ११ २०७८
12.7K
SHARES

फाइल तस्विर

दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ ।सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ गरेका छन् ।

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बैठकमा प्रचण्डले अध्यादेश फिर्ता लिन आजै चार बजे मन्त्रिपरिषद बैठक बस्ने र त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डामा छलफल हुने ब्रिफिङ गरेका बताए ।

चाँडोभन्दा चाँडो मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारीहरु भइरहेका छन् । त्यसका लागि प्राविधिक पक्षका अप्ठेरा फुकाउन प्रधानमन्त्रीले प्रक्रिया अघि बढाउनुहुन्छ’, प्रचण्डको भनाइ उधृत गर्दै ति नेताले भने ‘भोलिसम्ममा कुन मन्त्रालय कसले पाउने भन्ने विषय पनि टुंगो लाग्नसक्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा