नेपालमा धेरै युवाहरू बेरोजगार छन् । बेरोजगार धेरै भएका कारण बिदेसिने र विदेशमा गएर पसिना बगाउँदा पनि सोचेजस्तो कमाइ नभएका कारण युवाहरू चिन्तामा हुने गर्छन् ।
धेरै भन्दा धेरै मेहनत गर्दा समेत युवाहरूले भने जस्तो आम्दानी गर्न नसकिरहेको अवस्था छ । तर आज हामी स्वदेशमै थोरै भन्दा थोरै लगानी गरेर महिनामै ९० हजार कमाउन सक्ने व्यवसायको बारेमा चर्चा गर्दै छौँ ।
रेडिमेड गार्मेन्टको व्यापार
रेडिमेड गार्मेन्टको ब्यापार करिब २ लाखदेखी बढिबा ३ लाख सम्म खर्च गरेर सुरु गर्न सकिन्छ । यो ब्यापारका लागी करिब ३ लाख जति भयो भने यसबाट तपाईले ६ वटा मेसिन, छ वटा मोटर र त्यति नै संख्यामा ओभरलक मेसिन खरीद गर्न सक्नुहुन्छ । यस बाहेक वर्र्किङ टेबल, कटिङ टेबल, फाइबर स्टूल, स्टील आलमारी, स्टील र्याक, आइरन बक्स लगायतका सामान खरीद गर्दा तपाईको करिब १ लाख रुपैयाँ खर्च हुन्छ । यो विजिनेश पूरा ढंगले संचालन भएपछि तपाईंलाई वार्षिक करिब ९ लाख रुपैयाँसम्म नाफा हुन्छ । यो हिसाबले तपाईंको मासिक करिब ९० हजारसम्म कमाई हुन्छ ।
बेकरीको व्यापार
बेकरीको ब्यापार पनि थोरै लगानि गरेरै मनग्य आम्दानि गर्न सकिने मध्यको एक ब्यबसाय हो । युवा व्यवसायीहरुलाई सहुलियत दरमा ऋण लिएर व्यवसायिकता बढाउने सरकारको नीति नै छ । यो लगानीबाट देशको कुनै पनि सहरमा तपाईंले बेकरी आइटम उत्पादन गर्ने उद्योग संचालन गर्न सक्नुहुन्छ । यो व्यवसायमा तपाईंले सबै खर्च कटाएर वार्षिक करिब ६ लाख रुपैयाँ नाफा कमाउन सक्नुहुन्छ, यो हिसाबले तपाईको मासिक कमाई ५० हजाार रुपैयाँ हुन आउँछ ।
मेटल वर्क वाइल्डिङको
लगभग ३ लाखको लगानिमा मेटल वर्क वाइल्डिङको विजिनेश सुरु गर्न सकिन्छ । सहुलेत दरको रिण लिएर यो ब्यबसाय सुरु गर्ने हो भने राम्रै आम्दानि गर्न सकिन्छ । करिब ३ लाख रुपैयाँको लागतमा जनरल इञ्जिनियरिङ वर्कसपको साथमा वाइल्डिङ र मेटल वर्कको व्यापार सुरु गर्न सक्नुहुन्छ । जानकारहरुका अनुसार यो कामबाट वार्षिक न्यूनतम ३ लाख २० हजार भन्दा बढी कमाई हुन्छ । यो हिसाबले तपाईंले देशमै बसेर आरामले मासिक २६ हजार रुपैयाँ नाफा कमाउन सक्नुहुन्छ ।
ब्यूटिपार्लर
ब्यूटिपार्लर ब्यबसाय पनि सामान्य लगानि बाटै राम्रो आम्दानि गर्ने ब्यसायको रुपमा लिन सकिन्छ । यदि तपाइ महिला हुनुहुन्छ भने ब्यूटिपार्लरमा राम्रो संभावना छ । करिब ३ लाख रुपैयाँ लगानीमा तपाईं आरामसाथ यो व्यापार सुरु गर्न सक्नुहुन्छ । हुन त पछिल्लो समय केही पुरुषहरुले समेत यो व्यवसाय सुरु गरेका छन् । हेण्डसम पार्लरको नाममा सुरु यो व्यवसायमा निकै ठूलो संभावना छ ।
सेनेटरी न्यापकिनको
करिब २ लाख रुपैयाँकै लागतमा तपाईंले सेनेटरी न्यापकिनको विजिनेश सुरु गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार यदि तपाईं दैनिक १४४० सेनेटरी न्यापकिन तयार गर्नुहुन्छ र एक प्याकेटमा ८ वटा न्यापकिन राख्नुहुन्छ भने तपाईं एकवर्षमा ५४ हजार प्याकेट तयार गर्न सक्नुहुन्छ । यदि तपाईं एक प्याकेटको मूल्य ३० रुपैयाँ राख्नुहुन्छ भने तपाईंले एकवर्षभरिमा १६ लाख २० हजार रुपैयाँ बराबरको सेनेटरी न्यापकिन बिक्री गर्न सक्नुहुन्छ । यति बिक्रीमा सबै खर्च कटाएर तपाईंलाई न्यूनतम पनि ७ लाख रुपैयाँ नाफा हुन्छ । यो हिसाबले तपाईंको मासिक कमाई करिब ६० हजार रुपैयाँ हुन आउँछ ।
माथि हामीले उल्लेख गरेका व्यवसाय सञ्चालन गर्ने हो भने थोरै लगानीमै महिनामै एक लाख भन्दा धेरै कमाउन सकिने अध्यानहरुले देखाएका छन् । विभिन्न पत्र पत्रिकाको सहयोगमा