नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । केन्द्रीय कमिटीअघि स्थायी समिति बसेको थियो ।
दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा नेतृत्वले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिन थालेका छन् ।
बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि उठेको सवालबारे उपमहासचिव विष्णु पौडेलले जवाफ दिइरहेका छन् ।
एमालेले प्रस्तावमाथि गर्न १० समूह बनाएको थियो । पौडेलपछि राजनीतिक प्रतिवेदनमाथिको सवालबारे अध्यक्ष केपी शर्मा ओली र सांगठनिक प्रतिवेदनमाथिको सुझावबारे महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यसूची छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।