शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

माओवादीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुन्छन् : प्रवक्ता महरा


  • आइतबार, असोज १० २०७८
10K
SHARES

कृष्णबहादुर महरा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुने अभिब्यक्ति दिएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उद्घाटन समारोहमा महराले पार्टी अध्यक्ष प्रचण्ड गुट तथा उपगुटबाट आजित भएको बताए ।

‘अध्यक्ष प्रचण्ड पार्टी भित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरुबाट आजित हुनुभएको छ,’ उनले भने, ‘मलाई पनि धेरैले गुट निर्माण गर्न सक्नुभएन भनेर भन्ने गर्छन्, म पार्टी निर्माणमा लाग्न चाहन्छु, गुट र उपगुटको म सधै विरोधी हुँ ।’

समाजवादमा पुग्नका लागि पार्टी संगठन क्रान्तिकारी र चुस्त बन्नुपर्ने महराको भनाइ छ । ‘अहिले अध्यक्ष प्रचण्डले पार्टी भित्रका विकृतिका विषयमा गम्भीर ढंगले कुरा उठाइरहनुभएको छ, साँच्च समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ ।’

२०६४ सालको जस्तै रापतापको पार्टी बनाउन सबै युवा तथा विद्यार्थी लाग्नुपर्ने महराले बताए । आगामी निर्वाचनमा माओवादीलाई मुलुककै पहिलो पार्टीको रुपमा स्थापित गरिने उनको दाबी छ ।

‘अब हामी गाउँ फर्कनुपर्छ, अहिले हाम्रो उठबस अलि बढी बुर्जुवाहरुसँग भयो कि भन्ने चिन्ता बढेको छ,’ महराले भने, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकताका लागि हामीले पहल गरिरहेका छौँ ।’

माओवादी पृष्ठभूमिका पार्टी र अन्य कम्युनिष्ट पार्टीबीचको बृहत एकता गर्ने अभियानमा आफूहरू लागिपरेको महराले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा