शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

ओलीको नेतृत्वलाई चुनौती दिने कोही छैन, एमालेमा ओलीको विकल्प छैन : कर्ण थापा


  • आइतबार, असोज १० २०७८
6.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता कर्ण थापाले ओलीको नेतृत्वलाई चुनौती दिने कोही नभएको र एमालेमा ओलीको विकल्प नभएको बताएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले सुदूरपश्चिम अध्यक्षसमेत रहेका नेता थापाले भनेका छन् । नेकपा एमालेको अधिवेशन पार्टी एकताका कारण धेरै पछाडि धकेलिएको समेत उनको जिकिर थियो ।

संवैधानिक व्यवस्था अनुसार मङ्सिर मा पार्टीको अधिवेशन गर्ने पर्ने बाध्यता रहेको बताउँदै एमालेमा केपी ओलीको विकल्प एमालेमा नभएको समेत बताएका छन् । नेकपा एमाले भित्र अहिलेको अवस्थामा ओली नै सर्वोच्च नेता भएको र उहाँको विकल्प अरू नभएको तर्फ उनको सङ्केत थियो ।

एमालेको नयाँ विधानमा अध्यक्ष, महासचिवबाहेक सात उपाध्यक्ष, तीन उपमहासचिव, सात सचिव रहने गरी छलफल भइरहेको उनले बताए । वडादेखिको सुझाव लिएर लोकतान्त्रिक ढङ्गले निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

आफ्नो औचित्य साबित गर्न नसक्दा पनि पद ओगटेर बस्ने प्रवृत्तिका कारण कार्यकारी पदमा रहने व्यक्ति ७० वर्ष ननाघेका हुनुपर्ने उमेर हदमा विवाद नभएको पनि उनले बताए ।

नेता थापाका अनुसार १० बुँदे सहमति कुनै विचार, दर्शन र सिद्धान्तभन्दा पनि सुझाव मात्र भएकाले यसै कारण कसैले पार्टी छाड्नु नपर्ने दाबी गरे । उनले थपे, “सुदूरपश्चिम प्रदेशका डोटी र डडेलधुराबाहेकका जिल्लामा सात जिल्लामा केही समस्या छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा