शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मौसम आइतबारसम्म बदली रहने, पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


  • शनिबार, असोज ९ २०७८
14.2K
SHARES

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाग्मती, गण्डकी, सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले आज (शनिबार) दिउँसोदेखि रातिसम्म देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उक्त स्थानहरुका पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालको मौसम परिवर्तन भइरहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा