महाधिवेशनको सङ्घारमा नेपाली काँग्रेसका नेता त्रय विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंह बिच फेरि छलफल सुरु भए सँगै पौडेल खेमामा स्वयम बरिष्ठ नेता रामचन्द्र पौडेल सशङ्कित बनेको बताइएको छ ।
पौडेल खेमाबाट स्वतः आफै सभापति हुने दाउमा रहेका नेता पौडेल नेता त्रयको भेटघाट भएर छलफल हुँदै गर्दा सभापतिमा सहयोग नपाइने हो भन्ने मनसायमा हुन सक्ने कार्यकर्ताहरूको बुझाई छ ।
आज भन्दा अगाडीनै माहधिवेशनको हल्ला चलेपछी नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए ।
चाक्सीबारीको लञ्च मिटिङमा असार १८ गते शशांक निवास टोखामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति भएको थियो ।
तर वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतात्रयले केन्द्रीय सदस्यसँग गर्न खोजेको छलफलप्रति आपत्ति जनाएपछि निधि, कोइराला र सिंह बीचको छलफल हुन सकिरहेको थिएन । तर आज पुन छलफल सुरु भएको छ ।
आज महामन्त्री शशांक कोइराला निवासमा शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म फेरि नेतात्रय बीच छलफल भएको छ । छलफल माहाधिवेशन केन्द्रीत रहेको नेता त्रय निकट स्रोतले बताएको छ ।
आगामी महाधिवेशनमा नेता त्रय प्रकाशमान,शशाङ्क र निधिले सभापतिको घोषणा गरीसकेको अवस्था छ । शशाङ्क र प्रकाशमान पौडेल समूहका हुन भने निधि देउवा निकट मानिँदै आएका थिए ।