चितवनमा पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग चुनाव लड्ने अभिव्यक्ति सार्बजनिक गरेका पहिलेका माओवादी अहिलेका एमाले नेता राम बहादुर थापा बादललाई माओवादी केन्द्र भोजपुरका सांसद सुदन किराँतीले बादललाई फिस्टो सँग तुलना गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो बिचार राख्दै उनले फिस्टो मार्न मेसिन गन नचाहिने गुलेलीनै काफी हुने भन्दै प्रचण्ड सँग हैन म सुदन किराँती सँग चुनाव लडेर देखाउन चुनौती पस्केका हुन ।
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् “फिस्टो मार्न किन मेसिन गन प्रयोग गर्ने गुलेली मटेङ्ग्रा नै काफी सुदन किराँती vs राम बहादुर थापा” संसद् किराँती एक मात्र निर्वाचन क्षेत्र भएको भोजपुरबाट नेकपा माओवादीको तर्फबाट चुनाव जितेर आएका प्रस्ट बोल्ने प्रभावशाली नेता हुन ।
शुक्रवार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले आगामी निर्वाचनमा प्रचण्ड सँग चुनाव लड्न सक्ने अभिव्यक्ति दिएका थिए।
प्रचण्ड र बादल दुवै नेताको गृह जिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा दुई नेताको भिडन्त हुन्छ भनी बादललाई प्रश्न सोधिएको थियो । सोही प्रश्नको उत्तर दिँदै उनले ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ भन्ने जवाफ दिएका थिए ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।