शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पक्राउ परेका घर्तीले भने – राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेँ


  • शुक्रबार, असोज ८ २०७८
10.1K
SHARES

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने क्रममा पक्राउ परेका खिमबहादुर घर्तीले आफूलाई राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेको प्रहरीसमक्ष बताएका छन्।

उनले दरबारमा बस्न मन लागेर श्रीपेच निकाल्न खोजेको बयान प्रहरीसमक्ष दिएको स्रोतले बताएको छ। उनी अहिले प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

शुक्रबार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ का घर्तीले श्रीपेच राखिएको ठाउँबाट खुकुरी झिकेर सिसा फुटाउन खोजेका थिए। श्रीपेच बुलेटप्रुफ सिसाभित्र रहेकाले सुरक्षित रहेको बताइएको छ ।

त्यहाँ सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको थियो। सिसा फुटाउँदा उनको हात समेत काटिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा