आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

धेरै फुर्ती नगर्दा हुन्छ, प्रचण्ड सँग चुनाव लड्न तयार छु : बादल


  • शुक्रबार, असोज ८ २०७८
16.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।

 

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

 

प्रचण्ड र बादल दुवै चितवनका हुन् । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि बताए । पूर्वमाओवादी नेता बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’

 

उनले सभामुख अग्नि सापकोटाको पनि आलोचना गरे । सभामुख सापकोटाले निष्पक्ष निर्णय नगरेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आरोप बादलले लगाए । उनले भने, ‘उहाँले (सभामुख सापकोटाले) लोकतन्त्र, विधि उल्लंघन गरिराख्नु भएको छ ।’

 

अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको विरुद्धमा लागेको आरोप उनले लगाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा