शनिबार, भाद्र २० २०८३
ताजा अपडेट

मेयर चौधरीलाई पागलखानामा राख्न प्रस्ताव


  • शुक्रबार, असार ६ २०७६
26.5K
SHARES

फाइल तस्विर

महिलालाको चरित्रका विषयमा सुन्ने नसकिने आपत्तीजनक अभिव्यक्ति दिएका इटहरी उममहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई  पागलखानामा राख्नु पर्ने प्रस्ताव समेत आएको छ ।

प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सिंगो महिला जगतको अपमान भएको टिप्पणी गरिन् ।

सांसद कार्कीले मेयर चौधरीले महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर सार्वजनिक मञ्चबाट बोल्दा सरकार किन मौन छ ? भनी प्रश्नसमेत गरिन् ।

‘के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो रु’ उनले प्रश्न गरिन् ‘सक्नु हून्छ भने सुधार गर्नु प¥यो, कि पागलखानामा भर्ती गर्न सक्नुप¥यो रु नेकपाले के मेयर चौधरीलाई छाडा छाडेको हो र?’

मेयर चौधरीका विषयमा यस्ता धेरै विषय बाहिर आउँदा पनि नेकपाले यस विषयमा चासो नदिएको भन्दै उनले आपत्ति जनाइन् ।
‘किन मेयर चौधरीको यतिका बिषय बाहिर आउँदासमेत उसको पार्टी नेकपा मौन छ, कि भन्नु प¥यो हाम्रो पार्टीको नीति सिद्धान्त यही हो भनेर, नत्र किन नेकपाका महिला नेतृहरु पनि यस बिषयमा चुप हुनुहुन्छ ?

मेयर चौधरीलाई कारबाही गर्न नेकपाकै महिला नेतृहरु लाग्नुपर्ने उनले बताइन् ।

मेयर चौधरीले दुई दिनअघि इटहरीको लविपुर चौकमा आयोजित एक कार्यक्रममा महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द बोलेका थिए ।

उनले यौनधन्दामा संलग्न महिलाहरुका कारण त्यस क्षेत्रमा मदिरा, महिलाले प्रयोग गर्ने श्रृङ्गार सामग्री र गर्भ निरोध चक्की पिल्सको व्यापार बढेको बताएका थिए ।

मेयरको उक्त अभिव्यक्तिप्रति महिला सञ्जालले समेत आपत्ति प्रकट गरेको छ भने सामाजिक सञ्जालमा आलोचना भएको छ । यसअघि मेयर चौधरीले पत्रकारलाई धम्की दिएपछि आलोचित भएका थिए ।

अहिले पनि आफुले बोलेको कुरा सहि भएको भन्दै उल्टै ठुलो स्वर गर्दै गर्दै हिँडेका मेयर चौधरी माथी कारबाही गर्न चौतर्फी दवाद बढ्दै गएको छ । पछिल्लो अभिव्यक्तिका विषयमा भने मेयर चौधरी माथी कतैबाट पनि सहानुभती आएको छैन । यस प्रकरणमा मेयर चौधरी चौचर्फी रुपमा एक्लीँदै गएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा