नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ ।
केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकूल नभएको ठहर गरेको छ । यसलाई राष्ट्रिय हित अनुकूल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।
एमालेबाट फुटेर माधव नेपालको नेत्रीत्वमा बनेको समाजबादी पार्टीले अहिलेकै अवस्थामा एमसीसी समर्थन गर्न नसकिने बताएको हो । जस्ताको तस्तै यथास्थितिमा नगरेर राष्ट्रिय हित अनुकूल गरेर मात्रै एमसीसी अगाडि बढाउनु पर्ने धारणा समजबादीले सारेको हो ।
अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार छ । प्रधानमन्त्री देउवा र उनको दल काँग्रेस एमसीसी पास गराउने दाउमा छ भने सत्ताधारी समाजवादी पार्टी र माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन् ।
यही बिचमा एमसीसी उपाध्यक्षले पनि नेपालको भ्रमण गरेर दलका नेताहरूलाई भेटेर अमेरिका फर्केको अवस्था छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।