शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

माधव र प्रचण्ड देउवाका पिछलग्गु हुन, यिनीहरू हिमालतिर हेर्दैनन् सिंहदरबारतिर मात्रै हेर्छन् !


  • बिहिबार, असोज ७ २०७८
8.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डलाई शेरबहादुर देउवाको पिछलग्गु हुन भन्ने टिप्पणी गर्दै यिनीहरू हिमालतिर नहेर्नै र दुई नेताका आँखा खाली सिंहदरबारतिर मात्रै हेर्ने टिप्पणी गरेका छन् ।

एमाले बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  ओलीले भने, ‘माधव नेपाल र प्रचण्डले शेरबहादुरवाद, नेकावाद, पिछलग्गु वाद लेख्नुपर्नेमा अझै मार्क्सवाद, लेनिनवाद, एकीकृत समाजवाद लेखिरहेको कडा टिप्पणी गरेका छन् ।

खाली पद र कुर्सिमा मात्र आँखा लाउने माधव नेपाल र प्रचण्डको आगामी चुनाव बाट अस्तित्व सकिने समेत ओलीको दाबी थियो । प्रचण्डको कामनै ठुलो भग खोज्दै हिँड्ने समेत ओलीको दबी थियो ।

ओलीले माधव नेपाललाई केही समयमै दुईचार जना लिएर कसैको दैलोमा जाने ठोकुवा समेत गरेका छन् । ओलीले एक प्रसङ्गमा भने ‘पार्टीलाई गलत ढङ्गले कब्जा गर्ने प्रयास भएको थियो तर कार्यकर्ताले त्यसलाई निस्तेज पारिदिए । नदीको छालले पोहर मैलालाई किनारामा पुर्‍याए जसरी किनारामा पुर्‍याइदिए ।’

ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गरे । ‘रसुवामा एउटा बाटो छ । त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन । माधव नेपाल त्यही बाटोमा हिँडिरहेका छन् । यिनको राजनीति फर्किँदैन’, उनले भने।

प्रचण्ड र माधव नेपाल मात्र सत्ताको लागी मरिहत्ते गरेको ओलीको टिप्पणी थियो । सत्ता र सक्ती मात्र प्रचण्ड र नेपाल लाई चाहिएको तर देश र जनता जे सुकै भए पनि चिन्ता नभएको ओलीको आशय थियो ।

मात्र पद र शक्ति आर्जन गर्नको लागि मात्र दुई नेता लागी परेको ओलीको दबी थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा