शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

हराउँदै छ मोही पार्ने परम्परागत ठेकी, अहिलेको सहरिया पुस्ताले देखेकै छैन !


  • बिहिबार, असोज ७ २०७८
39.3K
SHARES

केही वर्ष अगाडी गाउँको पुर्खौली घरमा सहरबाट गएर मोही पार्दै सुप्रशन्ना भट्टराई / पत्रकार रबि भट्टराईको क्यामेरामा कैद भएको ठेकीमा मोही पार्दै गरेको संकेत मात्र देखाउन खोजीएको छ

गाऊँ भन्ने बित्तिकै झट्ट दिमागमा गाई भैँसी पालेर ठेकीमा मोही पारेको अलि अगाडीको पुस्तालाई याद आई हाल्छ । तर अहिले जमाना बदलिएको छ यो सहरिया नयाँ पुस्तलाई ठेकीमा मोही परेकै थाहा छैन ।

त्यो मात्र हैन सहरिया नयाँ जेनेरेसनलाई पुरानो तरिकाले दही जमाउने मोही पार्ने र कसरी घ्यू निकाल्ने पनि थाहा छैन । यो सहरमा अहिले डेरीमा दही मोही पाईन्छ । त्यसैले परम्परागत ठेकीमा मदानीले मथेर घ्यू निकाल्ने कुरा थाहा नहुनु स्वभाबिक पनि हो ।

कतिलाई त ठेकी के हो मोही कसरी पार्ने सम्म थाहा छैन । अहिले नयाँ प्रविधिको विकास सँगै मोही पार्ने परम्परागत तरिका गाउँहरूमा पनि विस्थापित हुँदै गएको अवस्था छ । झन् सहरमा त ठेकीमा मोही पार्ने कुरै भएन ।

ग्रामीण क्षेत्रका पशु पालक कृषकहरूले प्रयोग गर्दै आएको काठलाई कुदेर बनाइएको ठेकी लोप हुँदै गएको हो। दुहुना गाई भैँसी भएका परिवारले दूध जमाउनका साथै मोही पार्नका लागी प्रयोग गरिने ठेकी प्रविधिको विकास सँगै विभिन्न धातुबाट निमार्ण हुन थाले सँगै लोप हुँदै गएको हो ।

सानो ठेकीबाट दही खन्याएर मोही पार्ने तयारीमा

 

गाई तथा भैँसी पाल्दै आएको कृषकहरूले प्रायजसो सबै घरमा काठबाट बनेको ठेकी गाऊँ घरमा पाइने गर्छ । दशक अघि गाउँमा गाईभैसी दुहुना हुने बित्तिकै घरमा ठेकी नभए गाउँमा छरछिमेकमा खोजी गर्ने र किनेर ल्याउने अवस्था थियो तर अहिले गाउँ घरमै पनि काठबाट बनाएका ठेकी लोप हुँदै गएका छन् ।

गाईभैसीको दूध जमाएर दहीबाट मही पार्दै ध्यु निकाल्ने सम्मको काम गर्न परम्परागत रूपमा जोडिएको ठेकी अहिले प्रविधिको विकास सँगै लोप हुँदै गएको अवस्थामा छ ।

मोही पार्ने तयारी अबस्था ठेकी र मदानी

दही जमाउने साना ठेकी देखी मोही पार्ने ठुला ठेकी हरू चुदारेहरुले बनऊथे ।  सिरिस,खमारी,ओखर,काग भलायो,तिल्केनी, दार,कटहर लगायतका रुखबाट ठेकीहरू बनाउने गरेका छन् । एक दशक अघि सम्म गाउँ गाउँमा चुदारेहरुले विभिन्न रुखहरूबाट काठमा सामाग्रीहरू निमार्ण गर्दै आएका थिए ।

आधुनिक प्रविधिको विकास सँगै काठबाट बनाउने ठेकीको पेसालाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्नुका साथै सस्तो तथा हल्का धातुबाट बनेका सामाग्रीहरू बजारमा आउन थालेपछि ठेकी बनाउने ब्यबसाईहरुनै विस्थापित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा