शनिबार, साउन ३० २०८३
ताजा अपडेट

नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएपछि पौडेल समूह देउवा सँग आगो !


  • बुधबार, असोज ६ २०७८
13.6K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सभापति शेरबहादुर देउवा सँग असतुस्ट बनेको छ । देउवा निकट रहेका नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएपछि आफ्नू समूहलाई नसोधेको भन्दै पौडेल समूह असन्तुष्ट भएको हो ।

आजै पोडेल समुहले आफुनिकट नेतहरु संग बैठक समेत बोलाएको छ । दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफल गर्दै छ । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट देखिएको थियो ।

देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । देउवाले आज आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनाएपछी देउवा संग पौडेल समुह रुष्ट बनेको छ ।

सरकारका सन्दर्भमा देउवा एकलौटी अगाडि बढ्न खोजेको भन्दै पौडेल पक्षले आफ्नो रणनीति बनाउन बैठक बोलाएको पौडेल निकट स्रोतको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा