नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।
सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने हो या होइन भन्नेबारे आज इजलासले निर्णय सुनाउने छ ।
यदी ओलीको पक्षमा फैसला आयो भने माधव नेपाल लगाएतका समाजबादी दलका नेताहरुको राजनितिक भबिस्य धरापमा पर्न सक्ने अनुमान गरिएको छ ।
पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिँदा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेकामध्ये पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न पनि रिट निवेदनमा माग गरेका छन् ।
एमाले अध्यक्ष ओलीको पक्षमा फैसला आए एमालेले कारबाई गरेका १४ सांसदको राजतिनीक भबिष्य धरापमा पर्ने निश्ति छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।