शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादीलाई कोही-कोहीले खाओबादी भन्न थाले – प्रचण्ड


  • सोमबार, असोज ४ २०७८
11.9K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै कोही कोहीले माओबादीलाई पनि खाओबादी भनेको मा चिन्ता ब्यक्त गरेका छन् ।

लामो समय एमालेका दोस्रोधारका नेताले ओली संग आत्मसमर्पण गरेको बिषयमा टिप्पणी गरेका अध्यक्ष दाहालले माओबादी पार्टी पनि कतै निति सिद्दान्तबाट अलग हुन थालेको त छैन भन्ने चिन्ता लागेको बताएका हुन ।

दाहालले अधिकांस समय ओलीको आलोचना गरेका थिए ।

दाहालले भने ओली जालीझेली नेता हो भनेर भन्ने घनश्याम, गोकर्ण, योगेशलगायतका १० जना नै हो । तर आफूहरुलाई दह्रोसँग टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरेको देखेर अनौठो लागेको बताउदै कतै आफ्नुु पार्टी माओबादी पनि एमालेकरण त हुन लागेको छैन भन्ने चिन्ता ब्यक्त गरेका थिए । आफूलाई वैचारिक भन्ने नेताहरुले नै आत्मसमर्पण गर्नु अनौठो भएको उनको भनाइ छ ।

दाहालले आफ्नो पार्टी पनि एमाले जस्तै हुन लागको भन्दै चिन्ता पनि व्यक्त गरे । ‘हाम्रो पार्टी विस्तार एमालेकरण हुन थाल्यो । एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भष्ट्राचार, पद जसरी नि प्राप्त गर्ने, गुट नै गुट एमाले भनेको त्यही हो,’ उनले भने । एमालेको विचार, सिद्धान्त सूर्य मात्रै भएको पनि दाबी गरे ।

दाहालले अब क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताएका छन् । देशभरी विस्तारै उभार आउने संकेत देखिएको बताएका दाहालले प्रतिगमन कसले परास्त गर्‍यो भन्दा आफूहरुलाई नै जनताले श्रेय दिने दाबी गरे ।

पूर्वमाओवादी एवम् क्रान्तिकारी घटक छिट्टै समीक्षा गरेर एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा