शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

एमालेको ठहर- संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ


  • सोमबार, असोज ४ २०७८
6.9K
SHARES

तस्विरः फाइल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षले एकतर्फीरूपमा बजेट पारित गरेको भन्दै असन्तुष्टी जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउन खोजिएका आरोप लगाएको हो ।

पत्रकारहरूसँग कुराकानी गर्दै एमाले मुख्य सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली अलोकतान्त्रिक र संसदीय मर्यादाविपरीत रहेको बताए । ‘संसदमा प्रस्तुत भएका विषयभन्दा पनि सभामुखको कार्यशैली र उहाँले एमालेप्रति गरेको विभेदका कारण हामी आन्दोलनमा छौं । उहाँले प्रवृत्ति नसच्याएसम्म र एमालेमाथि भएको अन्याय नहटेसम्म अवरोध जारी रहन्छ’, भट्टराईले भने ।

उनले संसदको आठौं अधिवेशनमा विजनेश दिन नसक्ने सत्ता पक्षले अहिले एमालेले जनताको आवाज कुण्ठित गर्यो भनी आरोप लगाउनु हास्यास्पद रहेको बताए । ‘संसदको आठौं अधिवेशन सम्झना दिलाउन चाहन्छु । साउन ३ देखि ३२ गतेसम्म २९ दिन उहाँहरुले संसदलाई बिजनेश दिनुभएन । त्यतिबेला सोध्नुपर्‍थ्यो जनताको आवाज बन्द किन गरियो भनेर अहिले एमालेले ५ पटक संसदमा अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ?’, भट्टराईले प्रश्न गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा