शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

हामी क्रान्तिकारी हौँ जोखिम मोल्छौ, अवसरवादीहरूले लाभको हिसाब मिलाउँछन् : झाँक्री


  • सोमबार, असोज ४ २०७८
8.9K
SHARES

रामकुमारी झाँक्री/फाइल तस्विर

एमालेबाट फुटेर अलग्गै पार्टी बनाएका माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी नेत्री रामकुमारी झाँक्रीले एमालेमा रहेका नेता कार्यकर्ता लाई अवसर बादी भएको टिप्पणी गरेकी छन् ।

एमालेमा रहेका कार्यकर्ता हरु अवसर खोजेर दोबाटोमा बसेर स्वार्थ अनुकूल हिसाब गरेर एमालेमै अडिएको उनको सङ्केत थियो ।

गत आइतबार नेकपा एसको जाजरकोटमा भएको भेलालाई सम्बोधन गर्दै झाँक्रीले अबसरबादी झुन्डहरू दोबाटोमा बसेर लाभको लेना देना गरेको र आफूहरू क्रान्तिकारी भएकै कारण क्रान्तिकारी कदम चालेको बताएकी छन् ।

उनले एमालेलाई लक्षित गर्दै भनेकी छन् ‘जोखिम क्रान्तिकारीहरूले नै मोल्छन्, अवसरवादीहरू त दोबाटोमा बसेर पर्खन्छन्,’ उनले भनिन्, ‘लाभको हिसाब(किताब मिलाउँछन्, जता पायक पर्छ त्यतै हिँड्छन्। अरूले सुरु गरेको विद्रोहमा समाहित हुन्छन्।’

आफूहरू क्रान्तिमा विश्वास गर्ने भएकै कारण नया पार्टीको जन्म भएको उनको दाबी थियो ।

कोही मान्छेहरूले एमाले टुक्रिएको भने पनि आफूहरूले पार्टी टुक्राएको नभई विद्रोह गरेर जनताको पक्षमा काम गर्ने पार्टी जन्मिएको उनको दाबी थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा