शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

यो संविधान स्वीकार्य छैन, जनमत सङ्ग्रह द्वारा नया संविधान बनाउनु पर्छ : विप्लव


  • सोमबार, असोज ४ २०७८
9K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले वर्तमान संविधानले नेपाली जनताको भावना बोक्न नसकेको बताउँदै जनमत सङ्ग्रहबाट नया संविधान बनाउनु पर्ने अहिलेको अबस्यकता भएको बताएका छन् ।

महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्प खोज्नु पर्ने बताएका हुन ।

सबै नेपाली जनसमुदाएको सहभागितामा जनमतसङ्ग्रह गरेर नयाँ जनसंविधान निर्माण गर्नु पर्नेमा जोड दिएका छन् ।

महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको संविधानसँग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित समुदाय द्वारा सञ्चालित आन्दोलनहरु प्रति समर्थन रहेको बताएका छन्।

महासचिव विप्लवले नेपाली जनताको आकाङ्क्षा र वास्तविक अधिकारलाई सम्बोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुुन नसक्ने भन्दै राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा