शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बजेट पास गरी छाड्ने सरकारको तयारी,एमाले कुनै हालतमा संसद् चल्न नदिने रणनीतिमा


  • सोमबार, असोज ४ २०७८
10.5K
SHARES

फाईल तस्बिर

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा छ । तर प्रमुख प्रतिपक्ष नेकपा एमाले कुनै पनि हालतमा संसद् चल्न नदिने अडानमा रहेको छ ।

सभामुखले पार्टी फुटाउन सहयोग गरेको आरोपमा संसद् चल्न नदिने एमालेले जनाएको छ । कि सभामुखले राजीनामा दिनु पर्‍यो नभए कारबाहीको नाम टाँस्नु पर्ने अडानमा एमाले रहेको छ ।  समयमा बजेट पारित नहुँदा सरकारले खर्च गर्न नसक्ने अवस्था सिर्जना भएकाले कर्मचारीलाई तलब खुवाउनकै लागि भए पनि आज बजेट पास गर्नैपर्ने बाध्यता सरकारलाई छ ।

प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ बैठक अवरोध गरिसकेको एमालेले सोमबारको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज असोज ४ गते बस्ने गरी प्रतिनिधिसभा बैठक डाके पनि पार्टी विभाजन गर्न सभामुखले सघाएको भन्दै प्रतिपक्षी एमालेले सदन अवरुद्ध पार्दै आएको हो ।

गत भदौ २५ गते प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती ओली सरकारले ल्याएको बजेटमाथि प्रतिस्थापन विधेयकमार्फत संशोधित बजेट प्रस्तुत गरेका थिए । आज सो विधेयक अघि बढाउने विषय प्रतिनिधि सभाको कार्यसूचीमा पर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिपक्षी एमालेले सभामुखसँग गरेको माग यथावत रहेको र त्यसलाई पूरा गर्ने सन्दर्भमा कुनै छलफल नभएकाले आज पनि बैठक अवरुद्ध हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा