शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले स्थायी समिति बैठक बस्दै, १० बुँदेले निम्ताएको कार्यविभाजन विवादमा छलफल नहुने


  • आइतबार, असोज ३ २०७८
11.2K
SHARES

फाइल तस्विर

नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेकपा एमाले बाट माधव नेपाल सहितका नेताहरूले पार्टी फुटाएर अलग गइसकेपछी । मूल पार्टी मा रहेका तेस्रो धारका नेताहरूको कार्य बिभाजनमा समस्या देखिएको छ ।

विगतमा माधव नेपालको खेमामा रहेका तेस्रो धारका नेताहरू नेपाल ले पार्टी फुटाएपछि मूल पार्टीमै रहेका छन् । मूल पार्टीमा रहने क्रममा १० बुधे सहमति गरिएको र एमाले पहिलेकै अवस्थामा पुर्‍याएको मानेर अडिएका नेताहरूको कार्यबिभाजन मा समस्या देखिएको हो ।

यसै बिच नेकपा एमालेले स्थायी समिति बैठक पनि आज बस्ने जनाइएको छ  । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

पार्टीमा १० बुँदे कार्यान्वयनपछि नेताहरूको कार्य विभाजनमा लफडा देखिएको हो । तर आजको बैठकमा कार्यविभाजनबारे छलफल गर्ने एजेन्डा नरहेको तामाङको भनाइ छ ।

एमालेमा १० बुँदे कार्यान्वयन गर्ने भनिए पनि नेताहरूले जेठ २ अघिको जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । खास गरी, सुदूरपश्चिम, बागमती र प्रदेश १ का इन्चार्जहरूले पूर्ववत् अवस्थामा जिम्मेवारी नपाएको गुनासो रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा