नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् ।
मन्त्रिपरिषदले कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।
पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताए। उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताए।
‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन। देश र जनताप्रति समर्पित हुने हो। यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अध्यक्ष नेपालले भने।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।