शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अष्टलक्ष्मी शाक्यलाई ओलीको जवाफ : माधव नेपाल के फेरि पार्टी फुटाउन आउने ?


  • बिहिबार, भाद्र ३१ २०७८
11.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको बताएका छन् । बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् । ‘ सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, अध्यक्ष ओलीको टिप्पणी छ ।

उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दावी गरे । ‘एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले पार्टी जस्ताको तस्तै छ’, ओलीले सम्बोधनको सुरुमै भने,  ‘एमालेको भूमिका मात्रै परिवर्तन भयो । हामी सरकारमा थियौँ, प्रतिपक्षमा गयौँ ।’

अध्यक्ष ओलीले माओवादी केन्द्र एमालेमै रहेको भन्दै नाममात्रै रहेको प्रचण्ड गुट बाहिरिएको बताए । उनले अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने ? माधव नेपाल के फुटाउनलाई आवश्यक छ ?’, ओलीले भने ।

उनले लामो समय सँगै काम गरेकाले केही लोभ लागेको भएपनि लोभ छोड्न आग्रह गरे । शाक्यले सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाललाई एमाले पार्टीमा फर्कन आग्रह गरेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा