शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

१० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौ : ईश्वर पोखरेल


  • बिहिबार, भाद्र ३१ २०७८
10.1K
SHARES

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै  त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् ।

बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले एमालेको संगठनात्मक संरचनालाई जेठ २ मा पुर्याउनु भनेको राजनीतिक सेन्समा बुझ्नुपर्ने पनि बताए । ‘आजको एमाले विकसित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न जरुरी छ । परिवर्तित सन्दर्भको एमाले हो । यसलाई पन्छाएर एमालेको मात्रै कुरा गरियो भने अधुरो हुन्छ’, पोखरेलको भनाइ छ ।

उनले सत्ता गठबन्धनले मुलुकको विकास र सम्बृद्धिलाई अवरोध बनाउन खोजेको भन्दै यस्तो अवस्थामा केपी ओली नेतृत्वको नेकपा एमालेले राष्ट्रिय राजनीति मुल धारका रुपमा रहेको बताए ।

उनले एमाले संविधान र विधिलाई मान्ने भएकाले २०७९ बैशाख १० भित्र दशौं राष्ट्रिय महाधिवेशन गर्नुपर्ने भएकाले त्यो मान्यतामा अघि बढेको बताए । ‘हामीले यो बोर्डरलाईन उल्लंघन गर्नुहुँदैन, राष्ट्रिय महाधिवेशन गर्न विधान महाधिवेशन गर्नुपर्छ ।’

एमालेले असोज १५ देखि १७ मा विधान महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ उक्त महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावलाई पारित गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा