रामेछापमा बिहीबार एक डबल क्याप बाेलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै दुर्घटनामा परेको रामेछापका डीएसपी नवराज ढुंगानाले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । यस्तै लाक्पाका ७ वर्षीया छोरा घाइते भएका छन् । उनलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं रिफर गरिएको छ । एकजना प्रहरीको साथमा उनलाई काठमाडौँ पठाएको डीएसपी ढुंगानाले जानकारी दिए । उनका अनुसार मृतकका आफन्तहरुसँग सम्पर्कको प्रयास भइरहेको छ । तर, सम्पर्क हुन सकेको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।