शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

फर्नान्डो टोरेसले लिए फुटबलबाट सन्यास


  • शुक्रबार, असार ६ २०७६
25.5K
SHARES

काठमाडौं । स्पेनका फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् ।

३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबमा फुटबलको १८ वर्ष बिताए । अहिले उनी जापानको लिगमा सागन टोसु क्लबबाट खेलिरहेका थिए ।

१८ वर्षको रमाइलो समयपछि अब फुटबलबाट टाढिएको जानकारी दिएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर सन्यास लिएको बताएका हुन् ।

स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए । उनले स्पेनका लागि ३८ गोल गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा