शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शेयर बजार घट्ने क्रम रोकिएन, कारोबारमा पनि गिरावट


  • बुधबार, भाद्र ३० २०७८
9.8K
SHARES

फाइल तस्विर

मंगलबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले नै घटेको छ । नेप्से परिसूचक ४० दशमव २६ अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०३ अंकमा झरेको छ ।

बुधबार १ दशमलव ३७ प्रतिशतले बजार घटेको हो । यस अघि मंगलबार १८ अंकले परिसूचक घटेको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव १६ अंकले घटेको छ ।

कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ७५ हजार ८ सय ९५ कारोबारबाट १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर किनबेच भएका छन् । कारोबार संख्या मंगबलारको तुलनमा बुधबार घटेको हो ।

बुधबार कारोबार रकम ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँमा रोकिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा