शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमाले र केपी ओली विरोधी लाई चुनावबाटै धुलो चटाउने पूर्व माओवादी टोप बहादुरको घोषणा


  • बुधबार, भाद्र ३० २०७८
10.3K
SHARES

फाइल तस्विर

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताएका छन् ।

बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डले नेकपा विभाजन गरेर हिँडेकाले आफूहरू मूल नेतृत्व केपी ओलीलाई नै मानेर एकतामा बसेको बताए ।

रायमाझीले भने, ‘पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोज्नुभयो । अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गर्नुभयो । हामीले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोज्यौं तर उहाँहरूको नियत ठीक नभएकाले नेकपा छाडेर भाग्नुभयो ।

पूर्वमाओवादी समूहका नेता रायमाझीले केपी ओलीले समृद्धिको नेतृत्व गरेका कारण आफूहरू प्रचण्डसँग जान नसकेको भन्दै ओली र एमालेविरुद्धको महागठबन्धनलाई परास्त गरिने बताए ।

रायमाझीले भने, ‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐतिहासिक भूल गरेका छन् । कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ।’

रायमाझीले आफ्नै बुतामा चुनाव लडेर जित्ने हिम्मत नभएपछि कांग्रेसको सहारा खोज्न प्रचण्ड माधव हिँडिरहेको आरोप लगाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा