एमाले नटुक्रिएको अवस्थामा सबैभन्दा धेरै पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीको आलोचना त्यो पनि कठोर तरिकाबाट आफ्नै पार्टी मित्रबाटै गर्ने पात्र थिए एमाले उपाध्यक्ष समेत रहेका भिम रावल ।
उनी ओलीलाई तानासाही मात्र भन्दैन थिए ओली तन्त्रको समाप्त गर्नु पर्छ ओलीले मुलुकका लागी घात गरेको कुरा हाकाहाकी भन्ने गर्थे । तत्कालीन प्रधान मन्त्री त्यो पनि दुइ तिहाई नजिक कम्युनिष्ट हरुको सरकार मुलुकमा भएको बखतमा जब तत्कालीन माओवादी केन्द्र र एमाले अलग भए त्यो बखत ओलीलाई गली मात्र हैन भिम रावल मिल्ने भए कुटौला जस्तो गरी आक्रामक अभिव्यक्ति दिने गर्थे ।
त्यति बेला एमालेमा प्रस्टै दुई खेमा देखिन्थ्यो । वरिष्ठ नेता माधव नेपाल खेमामा रहेर तेस्रो धारका मानिएका नेताहरू ओलीको आलोचनामा अग्रपङ्क्तिमा थिए । भिम रावल,घनश्याम भुसाल,योगेश भट्टराई, रघुजी पन्त गोकर्ण विष्ट लगायत अन्य केही नेताहरू ओली तन्त्र कसैगरी ढाल्नु पर्नेमा जोडतोडले लागेका थिए । ती मध्य पनि भिम रावल यस्ता पात्र थिए कुनै पनि हालतमा ओली प्रधानमन्त्रीबाट बहिर्गमन हुनु पर्ने ओली तानासाही भएको सबैभन्दा ठुलो स्वरमा कुर्लिन्थे ।
राजनीतिका पण्डितहरू भन्ने गर्छन् । भिम रावललाई ओली प्रधानमन्त्री भएकै बखतमा उपप्रधान मन्त्री सहित एउटा मन्त्रालय दिएको भए रावल ओलीको प्रशंसक हुने बताउँछन् । रावल स्वयम पार्टी अध्यक्ष ओली सँग खनिनुको एक मात्र कारण मन्त्री नबनाएरै भएको एक थरीको बुझाई छ ।
अहिले समय फेरिएको छ । फेरिन पनि यस्तरी फेरिएको छ । एमालेमा हुँदा माधव नेपाल खेमामा रहेर ओलीलाई गालीको वर्षा गर्ने रावलले माधव नेपालले पार्टी फोडेर एकीकृत समाजवादी बनाए । तर रावल लगायत दोस्रो धारका नेताले सहयोग गरेनन् । बरु दश बुधे सहमतिको नाममा ओली नेतृत्वकै एमालेमा बसेको अवस्था छ ।
आमा सर्वसाधारण लाई नै अचम्म पर्ने गरी रावल एमालेमै अडिने यु टर्न हुनु अचम्मको संयोग हो या उनी एकताकै पक्षमा साँच्चै अडेका हुन बुझ्न मुस्किल छ । ओली नेतृत्वमै अडिनुले रावललाई ओलीले पार्टीको कार्यकारी अध्यक्ष दिन्छु भनेर पदमा लोलुप भएर माधव नेपालको साथ छोडेको समेत भन्न भ्याएका छन् ।
नेपाल पक्षका एक नेताका अनुसार रावल विश्वास घती र अवसर बादी भएको बत्ताउँछन् । माधव कमरेडलाई सबै भन्दा धेरै उचाल्ने र ओलीको सबैभन्दा धेरै विरोध गर्ने रावल प्रवृत्ति निति सिद्धान्त केही नभएर पद र प्रतिष्ठाका पछाडि भागेको आरोप छ । ओलीले ललिपप देखाएर खान गएको हुनु पर्छ ती माधव पक्षका नेता भन्छन्। ओलीले फेरी एक लात हानेपछि अबसरबादि भिमरावल हरूको होस खुल्ने पनि ती माधव पक्षका नेताको भनाई छ ।
ओलीले शुदुरपश्मि इन्चार्जबाट निकाली सकेको अवस्थामा अब आगामी दिनमा ओलीले आफूमाथि विगतमा खनिएका दोस्रो धारलाई तह लाउने रणनीतिमा रहेको एक जानकार बताउछन् । अब भिम रावल हरु न यता को न उताको हुने दिन आउन सक्ने समेत राजनीतिका विश्लेषक हरूको भनाई छ ।