अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास गर्नुपर्छ भन्नेलाई ज्यान तल माथि हुने गरी धम्की आएको छ ।
नेकपा विप्लव समूहले एमसीसीको पक्षमा बोल्नेहरू समक्ष कडा रूपमा आफ्ना धारण राखेको हो । हिजो मात्र सार्वजनिक रूपमै विप्लवले धारण राख्दै एमसीसी कुनै हालतमा पास गर्न नहुने धारणा राखेका हुन ।
एमसीसी पारित गर्न खोज्नेहरुलाई जीवनको ख्याल राख्न चेतावनी समेत दिए । हिजो खुलामञ्चमा एमसीसी पास नगर्न आफूहरुले विगतमा पनि चेतावनी दिदै आएको र यसलाई बढाउन खोज्नेहरुलाई भौतिक कारबाहीको चेतावनी समेत दिए । विप्लवले एमसीसीलाई राष्ट्रघाती भन्दै कुनै हालतमा पास हुन नदिने बताए ।
बिगत लामो समयदेखी एमसीसी राष्ट्रघाति भन्दै आएको एमसीसी कुनै हालतमा आफ्नु पार्टीलाई मान्य नहुने यदी जबरजस्त पास गर्न खोजीए भौतिक कारवाहि गर्ने बिप्लबको चेतावनी थियो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव अमेरिका विरोधी पहिचान बनाउँदै आएका छन् । यसकारण पनि उनले एमसीसीको विरोध गर्नुलाई स्वाभाविक मानिएको छ ।
नेपालमा रहेका कम्युनिष्ट पार्टीहरु एमसीसीको कडा आलोचना गर्दै आएका छन् भने गैर कम्युनिष्ट पार्टीहरु एमसीसीको पक्षमा वकालट गर्दै आएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।