शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कार्यकर्ता हत्याको विरोधमा विप्लबद्धारा नेपाल बन्दको घोषणा


  • शुक्रबार, असार ६ २०७६
31.8K
SHARES

फाइल तस्विर

नेत्रविक्रम चन्द ‘विष्लब’ नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता हत्याको विरोधमा असार १० गते नेपाल बन्द घोषणा गरेको छ । हिजो मात्रै सर्लाहीमा नेकपा कार्यकर्र्ता कुमार पौडेलको प्रहरीको गोली लागी ज्यान गएपछि आक्रोसित भएको उक्त पार्टीले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा