एमालेका युवा नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटा पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाएका छन् ।
सभामुख सापकोटाले संसदलाई कुनै काम नलाग्ने अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाको मुख बन्नुपर्नेमा प्रचण्ड र नेपालको मुख बनेको बताए ।
सोमबार साँझ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यही अवस्था कायम रहे प्रतिनिधिसभा चल्न नसक्ने अवस्थामा पुग्ने बताए । उनले पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएको समेत दाबी गरे ।
एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेर एमाले फुटाउने खेलमा सभामुख लागेको एमालेको आरोप छ । सभामुखले राजीनामा दिएर मार्ग प्रशस्त नगरे सम्म सदन चल्न नदिने एमालेको बटम लाईन रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।