नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफैले हस्ताक्षर गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मा के–के छ भनेर सोध्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन्।
नेकपा एमाले काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले बुझ्दै नबुझी भाङ धतुरो खाएर हस्ताक्षर गरेको हो भन्दै प्रश्न गरेका छन् ।
सरकारले केहिदिन अघि मात्रै विवादित विषयबारे स्पष्ट पार्न अमेरिकी सरकारलाई प्रश्न सोधेको थियो । उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा एमसीसीमा हस्ताक्षर भएको दाबी गरेका छन् ।
यसैबीच सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद ओझेलमा पार्न चीनसँग टुंगिसकेको सीमा विवाद निकालेको बाँस्कोटाको आरोप छ ।
सभामुख अग्निप्रसाद सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेकाले उहाँलाई मान्न नसकिने समेत उनको भनाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।