शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विष्णु माझीलाई खोज्न प्रहरी परिचालन !


  • सोमबार, भाद्र २८ २०७८
9.2K
SHARES

फाइल तस्विर

सुमधुर स्वरकी धनी गायिका बिष्णु माझीको आवाज मन नपराउँने को होलार ? जती उनको आवाजको तारिफ हुन्छ तर पनि उनको जीवनको बारेमा अन्योल र आशंकाहरु पनि रहेका छन् ।

व्यक्तिगत जीवनमा गुमानाम रहेकी माँझी आवाजका माध्यम बाट भने दर्शक स्रोताको मन मुटुमा छाएकी छिन् । विष्णु माझीको अवस्था सार्वजनिक गर्न पटक पटक धेरैले चासो र दवाव दिए पनि सार्वजनिक हुन सकेको छैन ।

बिष्णु माझी आफ्नै स्वइच्छाले यस्तो जीव बाँचेकी छिन् की उनलाई बाध्य बनाएर राखेको छ भन्ने बहस र विवाद लामो भइरहेको छ । आज सम्म पनि उनको अवस्था के छ भनेर सार्वजनिक भएको छैन । व्यक्तिगत जीवन भए पनि उनको व्यक्तित्व सार्वजनिक भएका कारण सत्यतथ्य बाहिर आउँनु पर्ने माग लामो समय देखी हुँदै आएको छ ।

गायीका विष्णु माझीको अवस्था वुझ्न प्रहरीको स्थानीय टोली उनको माइती घरमा पुगेको छ। तर, उनको माईतीमा कोही फेला नपरेको प्रहरीले जनाएका छ।

विष्णु माझीका आमाको मृत्यु भइसकेको र दाजु वैदेशिक रोजगारमा रहेको प्रहरीले पत्ता लगाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले गायिका माझीबारे चासो देखाएपछि प्रहरी उनको माईती घरमा पुगेको हो । पछिल्लो समय गायीका माझीको ब्यक्तिगत जिवनको वारेमा सर्वत्र खोजी छ। तर, उनी लामो समयदेखी गुमनाम जिवन विताईरहेकी छिन् ।

कतिपयले उनलाई आफनै श्रीमान सुन्दरमणी अधिकारीले वन्धक वनाएको आरोप लगाईरहेको छन् । सामाजिक सञ्जाल र समाचार माद्यममा पनि उनको वारेमा चासो देखिएपछि आयोगले सम्वन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी अवस्था वुझन खोजेको जनाईएको छ ।

पछिल्लो समय गायिका विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘चरी जेलैमा’ सर्वाधिक चर्चामा आएपछि फेरी उनको खोजी सुरु भएको हो ।

यसअघि पनि एक पटक विष्णुको खोजी ब्यापक भएको थियो। यसअघि ०७५ सालमा विष्णु र कुलेन्द्र विश्वकर्माले गाएको ‘सालको पात टपरी हुनी नहुनी सल्लैको’ गीत पनि निकै चर्चामा आयो । त्यो गीतले चर्चा पाएसँगै विष्णु माझीको पनि खोजी भयो।

त्यसपछि स्याङजा प्रहरीले उनीहरूलाई बोलाएको थियो। जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले ‘गुमनाम’ जीवन बिताइरहेको बताएकी थिइन्। त्यसको यो ’केस’ यत्तिकै सेलाएको थियो।

उनी स्याङजाको रत्नपुर गाविस–६ चापाकोटमा जन्मिएकी हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा