शनिबार, साउन ३० २०८३
ताजा अपडेट

न यता न उता ! ठुलो भाग चाहिने पीएचडी भिम रावलको सुरु भएकै हो त दुर्दशा ?  


  • सोमबार, भाद्र २८ २०७८
11.8K
SHARES

तस्विरः फाइल

लामो समय माधव नेपालको काँध चढेर एमाले पार्टी अध्यक्ष केपी ओली उपर खनिएका एमाले उपाध्यक्ष समेत रहेका भिम रावल को अहिलेको अवस्था न यता न उताको भएको छ । भिम रावल एमालेमै माधव नेपाल भएको बखत माधव समूहमा रहेर तत्कालीन प्रधानमन्त्री तथा आफ्नै पार्टी अध्यक्ष समेत रहेका ओलीलाई सबैभन्दा धेरै गालीको वर्षा गर्ने सबैभन्दा धेरै राष्ट्रघाती भन्ने मध्यका ओलीका कठोर आलोचकका रूपमा चिनिन्थे ।

एमाले फुटलाई साथ नदिई अहिले ओली नेत्रीत्वकै एमालेमा बसेका रावलको ओलीले सुदूरपश्चिमको इन्चार्जबाट हटाएपछि दुर्दशा सुरु भएको आकलन गर्न थालिएको छ ।

समयले अहिले कोल्टो फेरेको छ । माधव नेपाल सहितका केही नेताहरूले एकीकृत समाजवादी पार्टी दर्ता गरेर निर्वाचन आयोगले पनि मान्यता दिईसकेका छ । तर लामो समय माधव नेपालको काँध चढेर ओलीलाई गालीको बर्सात गर्ने रावल १० बुधे सहमतिको नाममा माधव नेपाल लाई लात हान्दै एमालेमै बसेका छन् । तर ओलीले सुदूरपश्चिम इन्चार्जबाट आउट गरेपछि रावल तनावमा पुगेका छन् ।

पार्टी अध्यक्ष ओलीले सुदूरपश्चिम इन्चार्ज तपाई हैन लेखराज भट्ट हो भनिदिएपछि रावल तनावमा परेको बुझिएको छ । अहिलेको अवस्थामा न त रावल विद्रोह गर्न नै सक्छन् न पार्टी छोडेर माधव नेपाल तिर जान सक्छन् । पार्टी छोडेर जाने हो भने संसद् पद पनि चैट हुने अवस्था छ । नछोडौँ भने ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराजलाई बनाएपछि सहन सक्ने अवस्था छैन ।

एमाले अध्यक्ष ओलीले १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएका थिए । तर, ओलीले अहिले जेठ २ जस्ताको तस्तै लागू नहुने स्पष्ट पारेका छन् । ओलीले नेताहरुका बीचमा प्रस्ट भने, ‘जेठ २ जस्ताको तस्तै लागु हुँदैन । यसमा प्रस्ट हुनुस् ।’

भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुनः आफूले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान लिएका थिए ।ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने अडान लिए पछि रावलको छटपटी बढेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा