काठमाडौँ – नेकपा एमालेले प्रतिनिधि सभामा बैठक बसेका हरेक दिन लफडा गर्दै आएको छ । पार्टीले कार्वाही गरेर पठाएका १४ सांसदलाई सभामुख अग्नी सापकोटाले कार्वाही नगरेको भन्दै एमालेले लफडा गर्दै आएको छ ।
संसदमा जारी गतिरोध अन्त्यका विषयमा सभामुख र नेकपा एमालेले पहल कदमी लिएको देखिदैन् । दुबै पक्ष मुढभेडमै रहेको देखिन्छ ।
यही विचमा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गरेका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेको समयमा नेम्वाङले देउवासँग कुराकानी गरेका हुन ।
शुक्रवार पनि नेम्वाङले संसदको गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । पार्टीले कार्वाही सिफारिश गरेका माधव नेपाल लगायत १४ सांसदमाथि कार्वाही नगरेको भन्दै एमालेले संसदमा अवरोध गरिरहेको छ ।
आइतवार बसेका दुईवटा बैठकमा एमालेले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक मंगलवार सम्मका लागि स्थगित गरिएको छ । संसदको अवरोध बारे सभामुख अग्नि सापकोटाले भोलि दिउसो सर्वदलीय बैठक बोलाएका छन् ।
शुक्रबार एमालेका अवरोधका विच अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश प्रतिष्थापन विद्येक पेस गरेका थिए । विद्येक पेस गर्दै गर्दा एमाले सांसदले मर्यादापाललाई टोकेर घाइते बनाएका थिए ।
त्यो घटना पछि नेकपा एमाले रक्षात्मक देखिएको छ भने सभामुख पनि नरम देखिएका छन् । आइतबार नेम्वाङको पहलले संसदको गतिरोध अन्त्यका लागि देउवा सकारात्मक देखिएको बुझिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।