नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेका छन् । गत शुक्रवार भएको बैठकमा एमाले संसदहरुले मर्यादा पालकलाई टोकेको चिथोरेको सम्म घटना बाहिर आएको थियो । तर आजको बैठकमा भने चर्को नाराबाजी मात्रै सुनिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै एमाले संसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् ।
शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुने भएका छन् ।
प्रतिनिधिसभा बैठक अघि बसेको एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए । उनले निश्चित र मर्यादित नारा लगाउन मात्र निर्देशन दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।