शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सांसदलाई ओलीको निर्देशन : संसद अवरोध जारी राख्नुहोस परेको म बेहोर्छु !


  • आइतबार, भाद्र २७ २०७८
8.8K
SHARES

फाईल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।

अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ उनले शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दावी गरे ।

उनले वर्तमान गठबन्धन सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै घण्टाघर नबनाउने बरु भत्काउन सक्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा