संसद् बैठक आज दिउँसो बस्ने कार्य तालीका छ । बैठकको सम्भावित कार्यक्रम समेत सार्बजनिक भइसकेको अवस्था छ। शुक्रवार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबिच सरकारले प्रतिस्थापन विधेयक प्रस्तुत गरेको थियो । अवरोधका बिच शुक्रवार पेलेरै सभामुखले संसद् बैठक अगाडि बढाएका थिए । अज पनि संसदमा मुठभेडको अवस्था आउने आकलन गरिएको छ। शुक्रवार पनि संसदमा अवरोध र तनावको अवस्था बनेको थियो ।
एमालेले आजको संसद बैठकमा पनि अवरोध गर्ने निर्णय लिइसकेको छ । कठोर कदम चाल्ने गरी एमालेले निर्णय लिएको संकेत गरिसेको छ ।
गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ । शुक्रबार एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
एमालेले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।