प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधेयकमार्फत नयाँ बजेट ल्याउनु सरकारको बलमिच्याई भएको र यसको परिणाम संसदमा अप्रिय घटना भए त्यसको जिम्मा सभामुख र सत्ता पक्षले लिनुपर्ने एमालेको ठहर छ ।
सरकारको तर्फबाट प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्ने काम भयो । यो असंसदीय काम भयो र सत्तापक्षको बलमिच्याई भयो भन्ने हाम्रो निष्कर्ष छ, शनिबारको स्थायी समिति बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ र विगतका सरकारले ल्याएका लोकप्रिय कार्यक्रम कटौती गरिएको छ’ एमाले सचिव योगेश भट्टराईले भने ।
अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय कार्यक्रमलाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै भट्टराईले भने, ‘यसप्रति हाम्रो आपत्ति छ ।’ त्यस्तै एमालेले सभामुखको निष्पक्ष भूमिका नभएको भन्दै लगातार विरोध गरिरहेको र संसदीय मूल्य मान्यताभित्र बसेर विरोध गर्न सांसदहरुको ध्यानाकर्षण गराएको छ । त्यसका लागि थप स्पष्ट पार्न सो पार्टीले आइतबार १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।
त्यस्तै आम नागरिकले सडकमा गर्ने शान्तिपूर्ण प्रदर्शनमा सरकारको धरपकडको विरोध गर्दै प्रदर्शनमा सहभागी हुनेहरूलाई पनि शान्तिपूर्ण बनाउन पनि उक्त पार्टीले आव्हान गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।