आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

प्रेम सुवालको प्रश्न : ‘अर्थमन्त्रीको फोनले सेयर बढ्छ ?’


  • शुक्रबार, भाद्र २५ २०७८
12.1K
SHARES

फाइल तस्विर

लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक (नेप्से) अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने बढ्ने हुन्छ ? भनेर सुवालले प्रश्न गरेका छन् ।

‘यो हुनु भनेको सरासर आर्थिक चलखेल हो, यसको छानविन हुनुपर्छ’ सुवालले सभामुख मार्फत सरकारसँग माग गरेका छन् । अर्थमन्त्रीले पहिले १०० जनाले पूर्ण सेयर बजार चलाएको भनेर हौवा फैलाएको र पछि मौद्रिक नीति मार्फत ३७ लाख प्रत्यक्ष लगानीकर्ता रहेको सेयर बजारमाथि प्रहार गरेको आरोप लगाए ।

यसको जवाफमा अर्थमन्त्री शर्माले आफूले फोन गरेर सेयर नबढेको बताए । यसबारेमा कतै समाचार आएको छ भने त्यसमा सत्यता नरहेको उनको दावी छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा