शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हिरो बन्न बोलेको कुराले जिरो बनाउँने भए पछि जनार्दन शर्मालाई ठूलो टेन्सन !


  • बिहिबार, भाद्र २४ २०७८
14.3K
SHARES

फाईल तस्बिर

परमादेशबाट बनेको सरकारको अर्थमन्त्री बनेका जनार्दन शर्मालाई आजभोली झुपडी बस्ने गरिबको भन्दा महलमा बस्नेको समस्याले बढि पोल्ने गरेको छ ।

मन्त्रीपदको सपथ ग्रहण गरेकै दिनदेखी उनले सेयर बजारको ठुला खेलाडीको कुरा सुनेर अनेक अभिव्यक्ति दिँदै आएका थिए । यस पटक भने उनी बढि हिरोइजको लोभले चुर्लुम्मे डुबेका छन् ।

शेयर खेलाडीको चंगुलमा फसेर राष्ट्र बैंकमाथि अनुचित दवाव दिएको विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् ।

गत आइतबार बजार १०८ अंकले ओरालो लागेको सेयर बजार सोमबार १६२ अंकले बढेपछि सेयर धितो कर्जाको सीमाका कारण बजार ओरालो लागेको विश्लेषण भयो । उक्त विषयमा अर्थमन्त्री शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेका थिए। अर्थमन्त्री शर्माकै नाममा पनि थुप्रै कम्पनीको शेयर रहेकाले उनले शेयरबजार बारे आवश्यकताभन्दा पनि चासो राख्ने गरेको आरोप उनीमाथि लागेको छ।

मन्त्री शर्माले मौद्रिक नीतिमा व्यवस्था गरिएको सेयर धितो कर्जाको सीमा खारेज गर्न दबाब दिएको वताईयो। सोहि कारण सोमबार १६२ अंकले बजार उकालो लाग्यो। तर, यो अवधिमा भएको शेयर कारोवारमा फाइदा जति सेयर खेलाडीहरूले लिएको स्रोतको दावी छ।

बजारमा १ अर्बभन्दा बढी सेयर धितो कर्जा लिनेको संख्या जम्मा ४ जना रहेको र १२ करोडभन्दा माथि सेयर कर्जा लिनेको सख्या जम्मा १ सय ६२ जना मात्र रहेको तत्थ्यांक राष्ट्र बैंकले सार्वजनिक ग¥यो। यसले सीमित व्यक्तिहरूलाई मात्र सेयर धितो कर्जा सीमाले असर पार्ने लगानीकर्ताको संख्या प्रष्ट पा¥यो।

नेपाल राष्ट्र बैंकले तत्काल सो सीमा हटाउन नमिल्ने भनेर अडान लियो। जसबाट अर्थमन्त्री आफैँ ‘मौन’ बस्नुपर्ने अवस्था समेत आएको श्रोतले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा