शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सुकेधारा बम काण्डका घाइते श्रेष्ठको निधन


  • शनिबार, जेष्ठ ३२ २०७६
22.3K
SHARES

काठमाण्डौंको सुकेधारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बनाएको बम विस्फोटमा परी घाइते भएका थप एक जनाको शनिबार मृत्यु भएको छ ।

विप्लव समूहद्वारा आयोजित नेपाल बन्दको अघिल्लो दिन १२ जेठमा सुकेधारास्थित एक सैलुनमा भएको विस्फोटमा घाइते भएका राजकुमार श्रेष्ठको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रामेछाप मन्थलीका स्थायी बासिन्दा श्रेष्ठ विप्लव कार्यकर्ता हुन् ।

योसँगै उक्त विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सोही घटनामा विप्लव सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्ज्वल शाहीसहित चार जनाको सोही दिन मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते भएका हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा