काठमाडौं, २४ भाद्र । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा केन्द्रित रहेको बुझिएको छ ।
एमसीसीबारे साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफल गरिरहेका छन् । बैठकमा अर्थमन्त्री जर्नादन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।
एमसीसी उपाध्यक्ष फतिमा सुमारले शिर्ष नेताहरुसँग भेटवार्ता बढाएपछि बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको हो । गठबन्धन दलभित्र एमसीसीबारे मतभेद छ । एमाले अध्यक्ष ओलीले भने सत्ता गठबन्धनले स्पष्ट धारणा बनाएपछि आफूहरुले पनि धारणा बनाउने फतिमासँगको भेटमा भनेको बुझिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।