शनिबार, साउन ३० २०८३
ताजा अपडेट

फतिमालाई पहिलो गाँसमै ढुंगा, टर्रो जवाफ लिएर बालकोटबाट फर्किइन


  • बिहिबार, भाद्र २४ २०७८
12.8K
SHARES

नेपालमा एमसीसीको विषयमा चर्को बहस र विरोध भइरहेको बेला एमसीसी पास गराउनका दवाव दिन आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमार सहितको टोलीलाई एमाले अध्यक्ष केपी ओलीले टर्रो जवाफ दिएर फर्काएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेको थियो । ओली पोजेटिभ भए माहोल बनाउँन पुगेका टोलीलाई ओलीले निरास बनाएर पठाइदिएका छन् । ओली निवासबाट निस्कँदा सुमारको अनुहार मलिन देखिएको छ ।

एमालेले अध्यक्ष ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने र पहिला सत्तासगबन्धनको पोजिनसन प्रष्ट भए पछि मात्र कुरा गर्छु भनेका छन् । जनताको चाहना भन्दा टाढा एमाले जान नसक्ने पनि ओलीले प्रष्ट पारेका छन् ।

हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ । रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा ओलीले राखेको बालुवाटार स्रोतले बताएको छ ।

आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि उपाध्यक्ष सुमारसँग बताएका थिए ।भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

सरकारबाट हटेपछि एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन । सरकारमा रहँदा अनुमोदनका लागि दबाब दिएको एमाले सरकारबाट हटेपछि पनि अनिर्णित छ ।

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल लगायत सहभागि थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा