नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बलियो काँग्रेस र सक्षम नेतृत्व भएमात्र बिपी कोइरालाले देखेका सपना पूरा गर्न सकिने बताएका छन् ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा सिंहले उनको सपना पुरा गर्न आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा अपिल गरे ।
उनले भने, ‘नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देश र जनताका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दछु ।’ साथै सिंहले अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छौ । वडा अधिवेशन प्रारम्भ भइसकेको छ भने केही स्थानमा अझै बाँकी छ । तत्काल बाँकी रहेका स्थानमा पनि अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नु छ,’ उनको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।