नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण तथा नयाँ नेतृत्वलाई स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज श्रेष्ठले यथास्थितिमा एमससीसी पास हुन नसक्ने स्पष्ट पारेका हुन् ।
देशको सार्वभौमिकतालाई दाउमा राखेर माओवादी केन्द्रले कुनै पनि सन्धि सम्झौता नगर्ने उनको भनाइ थियो । यस्तै इन्चार्ज श्रेष्ठले पाँच दलीय सत्ता गठबन्धनलाई तोड्न विभिन्न षड्यन्त्र भइरहेको बताउँदै त्यसप्रति सचेत रहन पनि नेता कार्यकर्तालाई आह्वान गरे ।
माओवादी केन्द्रले नै नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र ध्रुवीकरण गर्ने बताउँदै श्रेष्ठले प्रवासमा रहेका लाखौँ नेपालीहरुलाई गोलबन्द गरेर नेपालमा पार्टी र संगठन विस्तार गर्न सकिने धारणा राखे । जहाँ रहेपनि नेपालको परिवर्तन र पार्टीको पक्षमा महत्वपूर्ण भूमिका खेल्न पनि उनको आग्रह थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।